बाजुरामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु, श्रीमतीको अवस्था गम्भीर!

बाजुरामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु, श्रीमतीको अवस्था गम्भीर!

काठमाडौं । बाजुरामा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बडिमालिका नगरपालिका-७, धम्कनेका ५१ वर्षीय रामे थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो।

विषालु च्याउ सेवनपछि दुवैको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा रामे थापाको ज्यान गएको प्रहरीले जनाएको छ।

उनीकी श्रीमती नाम्सरी थापाको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले जंगली च्याउ पहिचान गर्न कठिन हुने भएकाले नचिनेका वा विषालु हुन सक्ने च्याउ सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोटेकोशीको बाढीले स्याफ्रु चार टुक्रा, ९१ वर्षीय दावाको परिवारका ७ जना बेपत्ता
1 हप्ता अगाडि

रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको स्याफ्रु बजारमा ठूलो क्षति पुर्‍याएको छ। बा ...

छुटाउनुभयो कि ?

TOP