रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको दुःखद मृत्यु!

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको दुःखद मृत्यु!

पूर्वी रोमानियाको बाकाउ सहरमा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार बिहान करिब ३ बजेर २१ मिनेटमा चिमी सडक खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा दुवै नेपालीको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेका छन्। दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान तथा उनीहरू रोमानियामा के प्रयोजनले रहेका थिए भन्ने विषयमा पनि थप अनुसन्धान भइरहेको छ। नेपाली दूतावास तथा सम्बन्धित निकायले घटनाबारे आवश्यक समन्वय गरिरहेको जनाइएको छ। रोमानियामा भएको यस दुःखद घटनाले नेपाली समुदायलाई स्तब्ध बनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोटेकोशीको बाढीले स्याफ्रु चार टुक्रा, ९१ वर्षीय दावाको परिवारका ७ जना बेपत्ता
1 हप्ता अगाडि

रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाको स्याफ्रु बजारमा ठूलो क्षति पुर्‍याएको छ। बा ...

छुटाउनुभयो कि ?

TOP