नेकपा एमालेले विश्वविख्यात नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) र उनको टोलीका सदस्यहरूको पाकिस्तानस्थित ब्रोड पिकमा आएको हिमपहिरोमा परी भएको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।
एमालेका महासचिव शंकर पोखरेलले आइतबार जारी गरेको शोक वक्तव्यमा यस अकल्पनीय घटनाले पार्टी स्तब्ध र अत्यन्त मर्माहित भएको उल्लेख गरेका छन्।
वक्तव्यमा हिमपहिरोमा परी निर्मल पुर्जासहित छ जना पर्वतारोहीको निधनले नेपालले पर्वतारोहण क्षेत्रका अमूल्य धरोहर गुमाएको उल्लेख गर्दै दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।
एमालेले शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण नेपाली पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरेको छ।
नेपालको नाम विश्वभर उँचो बनाउन महत्वपूर्ण योगदान दिएका निर्मल पुर्जाको असामयिक निधनले सिंगो राष्ट्रलाई अपूरणीय क्षति पुगेको एमालेको भनाइ छ।
काठमाडौं । नेकपा एमालेले भोटेकोशी बाढीपीडितका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ सहयोग संकलन गरी आ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!