रुपन्देहीको बेलहिया बसपार्क क्षेत्रस्थित एक होटलबाट भीओआइपी (VOIP) कल बाइपास सञ्चालन गरिरहेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्।
प्रहरीले होटलको कोठामा खानतलासी गर्दा कल बाइपासमा प्रयोग हुने विभिन्न उपकरण बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा सिमकार्ड, मोबाइल फोन, राउटर, ब्याट्री, इन्भर्टर, मल्टिप्लक तथा नेपाली र भारतीय सिमकार्ड रहेका छन्।
यस्तै, पक्राउ परेका व्यक्तिबाट नेपाली र भारतीय रुपैयाँ, एक स्कुटर, नेपाली नागरिकता, निर्वाचन परिचयपत्र तथा सवारी चालक अनुमतिपत्र समेत बरामद भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले रसुवाका बाढी प्रभावितका लागि त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!