धनुषा।धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको घटनाले स्थानीय क्षेत्र त्रसित बनेको छ।
हनसपुर नगरपालिका–३ मलहनिया घर भई हाल रघुनाथपुरस्थित फूपुको घरमा बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको गएराति हत्या भएको हो।
स्थानीयका अनुसार राउत राति खाना खाएपछि नियमित रूपमा हनुमान मन्दिरमा गएर सुत्ने गर्थे। बुधबार राति पनि उनी मन्दिरमै सुतिरहेका बेला अज्ञात व्यक्तिले हत्या गरेको आशंका गरिएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली बिहीबार बिहान घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाउँदै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
हाल मृतकको शव मन्दिरमै रहेको छ भने हत्यामा संलग्न व्यक्तिको खोजी तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव पुनः बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!