काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमास गाजापट्टीमा रहेका आफ्ना सबै हतियार त्याग्न सहमत भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘बोर्ड अफ पिस’ योजना सार्वजनिक गरेलगत्तै हमासले पूर्ण निःशस्त्रीकरणको प्रस्ताव स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हमासका एक वरिष्ठ अधिकारीका अनुसार गाजालाई पूर्ण रूपमा सैन्यमुक्त बनाउने योजनामा सहमति जुटिसकेको छ र यसबारे छिट्टै औपचारिक घोषणा गरिनेछ। यद्यपि इजरायलले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
राष्ट्रपति ट्रम्पले निःशस्त्रीकरणको प्रक्रिया अघि बढेसँगै इजरायली सेना गाजाबाट चरणबद्ध रूपमा फिर्ता हुने बताएका छन्। उनले यो सम्झौताले गाजामा नयाँ प्यालेस्टिनी प्रशासन स्थापना गर्ने दिशामा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरेका छन्।
अमेरिकाको मध्यस्थतामा अघि बढाइएको युद्धविराम योजनाको दोस्रो चरणमा हमासको निःशस्त्रीकरण, गाजाको पुनर्निर्माण तथा अन्तर्राष्ट्रिय स्थिरीकरण बलको परिचालनका विषय समावेश छन्। योजना अनुसार अन्तर्राष्ट्रिय बलले नयाँ प्यालेस्टिनी प्रहरीसँग सहकार्य गर्दै गाजाको सुरक्षा व्यवस्थापन गर्नेछ।
इजिप्टको राजधानी कायरोमा युद्धविरामको दोस्रो चरणबारे छलफल गर्न मध्यस्थकर्ताहरूको बैठक बस्ने तयारी भइरहेको छ। अधिकारीहरूका अनुसार सम्पूर्ण निःशस्त्रीकरण तथा सैन्यमुक्ती प्रक्रिया पूरा हुन करिब २०० देखि ३०० दिन लाग्न सक्ने अनुमान गरिएको छ।
यो सहमतिलाई गाजा संकट समाधानतर्फको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव पुनः बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!