देवानगञ्ज गोलीकाण्ड : शहीद घोषणा सहित सरकार–पीडित परिवारबीच ६ बुँदे सहमति

देवानगञ्ज गोलीकाण्ड : शहीद घोषणा सहित सरकार–पीडित परिवारबीच ६ बुँदे सहमति

सुनसरीको देवानगञ्जमा भएको गोलीकाण्डका मृतकका परिवारसँग सरकारले शहीद घोषणा सहित ६ बुँदे सहमति गरेको छ।

सहमतिअनुसार सरकारले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा परिवारका एक जनालाई रोजगारी दिने निर्णय गरेको छ।

त्यसैगरी, घटनाको सत्यतथ्य पत्ता लगाउन गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव कार्यान्वयन गर्ने र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही अघि बढाउने सहमति पनि भएको छ।

यस सहमतिसँगै आन्दोलनरत पक्षले आफ्ना थप कार्यक्रमबारे छलफल गर्ने जनाइएको छ भने सरकारले घटनाको निष्पक्ष अनुसन्धान र पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवाका बाढी प्रभावितका लागि तीनकुनेमा ‘क्लोथ बैंक’ सञ्चालन
1 हप्ता अगाडि

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले रसुवाका बाढी प्रभावितका लागि त ...

छुटाउनुभयो कि ?

TOP