स्पेनको सेउटामा आप्रवासी त्रासदी : युरोप प्रवेश गर्ने क्रममा १८ जनाको मृत्यु

स्पेनको सेउटामा आप्रवासी त्रासदी : युरोप प्रवेश गर्ने क्रममा १८ जनाको मृत्यु

स्पेनको स्वायत्त सहर सेउटामा समुद्री मार्ग हुँदै अवैध रूपमा युरोप प्रवेश गर्ने क्रममा कम्तीमा १८ जना आप्रवासीको ज्यान गएको छ।

समुद्री मार्गबाट युरोप छिर्ने प्रयास गर्ने आप्रवासीहरूको संख्या निरन्तर बढ्दै गएपछि स्पेन सरकारले सीमाक्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेको छ। यससँगै देशभित्र राष्ट्रिय आपत्काल घोषणा गर्नुपर्ने माग समेत तीव्र बन्दै गएको छ।

यस घटनाप्रति प्रतिक्रिया दिँदै इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले यसलाई युरोपेली सीमा सुरक्षामाथिको प्रत्यक्ष चुनौती भएको बताएकी छन्। उनले अवैध आप्रवासन रोक्न युरोपभर कडा सीमा निगरानी र संयुक्त सुरक्षा रणनीति आवश्यक रहेकोमा जोड दिएकी छन्।

भूमध्यसागर र उत्तर अफ्रिकाबाट युरोप प्रवेश गर्ने जोखिमपूर्ण समुद्री मार्गमा पछिल्ला वर्षहरूमा यस्ता मानवीय दुर्घटनाहरू लगातार बढिरहेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

रसुवाका बाढी प्रभावितका लागि तीनकुनेमा ‘क्लोथ बैंक’ सञ्चालन
1 हप्ता अगाडि

काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले रसुवाका बाढी प्रभावितका लागि त ...

छुटाउनुभयो कि ?

TOP