गायिका बिष्णु माया पौडेलको नयाँ तीज गीत ‘दुई सय तोला सुन’ को भिडियो सार्वजनिक गरिएको छ। गीतको भिडियो शुक्रबार दिउँसो ३ बजेदेखि बिष्णु माया पौडेल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।
बत्तीसपुतलीस्थित द ग्रिल नेसनमा आयोजित एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा वरिष्ठ पत्रकार डब्बु क्षेत्री, वरिष्ठ समाजसेवी मेघनाथ भुर्तेल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समाजसेवी भुर्तेलले भिडियोको औपचारिक उद्घाटन गरेका थिए।
गीतको भिडियोमा चर्चित मोडल अस्मिता जुरेली, आरती बुढा तथा गायिका बिष्णु माया पौडेल स्वयंको आकर्षक नृत्य देख्न सकिन्छ। भिडियोको छायांकन रामकुमार केसीले गरेका हुन् भने दिपेश एसकेको कोरियोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ।
गोकर्णेश्वर नगरपालिकाको शहीद स्मारक पार्क तथा काठमाडौंस्थित एक बैंक्वेटमा छायांकन गरिएको भिडियोले तीजको माहोललाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। युट्युबमा भिडियो सार्वजनिक भएसँगै गीत विभिन्न अडियो प्लेटफर्ममा समेत रिलिज गरिएको छ।
“स्कुटर भने स्कुटर पाछु, कार चाहियो भने कार पनि पाछु, मन लाउदा खेरी प्लेननै चढ्छु, अरू त के चाहियो केटी हो, दुई सय तोला त सुन लाछु” भन्ने रोचक हरफबाट सुरु हुने गीतमा आधुनिक परिवेशसँग जोडिएको तीजको रमाइलो कथावस्तु प्रस्तुत गरिएको छ।
गीतमा आरबी केसीको शब्द तथा संगीत रहेको छ भने स्वर बिष्णु माया पौडेलको रहेको छ। गीत सार्वजनिक भएसँगै गायिका पौडेलले सबै श्रोता तथा दर्शकलाई गीत हेर्न, सुन्न, सेयर, लाइक, कमेन्ट गर्न र टिकटक भिडियो बनाउन आग्रह गरेकी छन्।
तीज पर्वको अवसरमा सार्वजनिक गरिएको ‘दुई सय तोला सुन’ ले डिजिटल प्लेटफर्ममा राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि राहत त ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!