सुनसरी ।सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत आइतबार राति भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ।
घटनाको पाँच दिनपछि घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार मध्यराति मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच औपचारिक सम्झौता भएको हो।
सहमतिअनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ। साथै, मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।
यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही अघि बढाइने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने तथा छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गरिने सहमति भएको छ।
सहमतिमा मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने विषय पनि समावेश गरिएको छ।
सम्झौतापत्रमा पीडित परिवारका तर्फबाट ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावकहरूले हस्ताक्षर गरेका छन् भने सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्।
यसैबीच, गोलीकाण्डमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अन्तिम संस्कार आज दिउँसो २ बजे गरिने कार्यक्रम रहेको जनाइएको छ।
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव पुनः बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!