काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अभियानलाई तीव्रता दिएको छ। सार्वजनिक बिदाका दिनसमेत ट्राफिक नियम कार्यान्वयनका लागि थापाथली क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार प्रविधिमार्फत गरिएको निगरानी र डिजिटल प्रणालीको प्रयोगबाट पछिल्लो एक महिनामै ७३ हजार २९९ चालकलाई कारबाही गरिएको छ। सडकमा प्रहरीको भौतिक उपस्थितिलाई क्रमशः कम गर्दै प्रविधिमा आधारित अनुगमन प्रणालीलाई प्राथमिकता दिइएको जनाएको छ।
प्रहरीले सवारीसाधनमा ड्यासक्याम अनिवार्य गर्ने विषयलाई समेत अघि बढाएको छ। साथै, ट्राफिक सचेतना अभिवृद्धिका लागि रोबोटको प्रयोग परीक्षणका रूपमा सञ्चालन गरिरहेको छ।
प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई संस्थागत गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विस्तृत कार्ययोजना तयार गरी गृह मन्त्रालयमा समेत पेस गरेको जनाएको छ।
ट्राफिक व्यवस्थापनमा आधुनिक प्रविधिको उपयोगले नियम कार्यान्वयन, निगरानी र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
सिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका प्रमुख डा. लुस्युनकुमार यादवले साउन १२ गते नै ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!