राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्द सत्रको सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ।
महाधिवेशन स्थलमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन तथा बन्द सत्रलाई व्यवस्थित र सुरक्षित बनाउन पार्टीले विशेष सतर्कता अपनाएको हो।
बन्द सत्र हलभित्र गैरअधिकृत तथा अपरिचित व्यक्तिहरूको प्रवेशलाई पूर्ण रूपमा निषेध गरिएको छ। मुख्य प्रवेशद्वारमा ठूलो संख्यामा प्रहरी र निजी सुरक्षा गार्ड अर्थात् बाउन्सरहरू परिचालन गरिएका छन्।
परिचयपत्रबिना कसैलाई पनि महाधिवेशन स्थलभित्र प्रवेश गर्न दिइएको छैन। सहभागी प्रतिनिधि तथा अतिथिहरूलाई समेत कडा जाँचपछि मात्र प्रवेश गराइएको छ।
सुरक्षालाई थप मजबुत बनाउन मुख्य गेट र बन्द सत्र हलको प्रवेशद्वारमा मेटल डिटेक्टरको समेत प्रयोग गरिएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन अपनाइएको यो सुरक्षा व्यवस्थाले महाधिवेशन स्थललाई उच्च सुरक्षा घेराभित्र राखेको छ।
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपको गेट अगाडि राखिएको बा प्रदेश-०१-०३४ च ८४८० नम्बरको गाडी गृहमन्त्र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!