काठमाडौं। सरकारले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गतेलाई देशभर सार्वजनिक बिदा दिने औपचारिक निर्णय गरेको हो।
फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र व्यापक जनसहभागितासहित सम्पन्न गर्न बिदा आवश्यक रहेको निष्कर्षसहित निर्णय गरिएको जनाइएको छ। गृह प्रशासन र सम्बन्धित निकायहरूको सुझावका आधारमा बिदा स्वीकृत गरिएको स्रोतले जनाएको छ।
यसअघि निर्वाचन व्यवस्थापन सहज बनाउन सार्वजनिक बिदा घोषणा गर्न सरकारलाई सिफारिस गरेको थियो। आयोगले मतदान सामग्री ढुवानी, सुरक्षाकर्मी परिचालन, कर्मचारी खटाउने प्रक्रिया तथा मतदाता आवतजावतलाई सहज बनाउन कम्तीमा एक दिन अघिदेखि बिदा आवश्यक पर्ने उल्लेख गरेको थियो। सरकारले सोही सिफारिसलाई ध्यानमा राख्दै मतदानअघिको एक दिन, मतदानको दिन र मतदानपछिको एक दिन गरी तीन दिन बिदा दिने निर्णय गरेको हो।
सरकारको निर्णयसँगै सरकारी कार्यालय, सार्वजनिक निकाय, शैक्षिक संस्था तथा अधिकांश निजी क्षेत्रका कार्यालयहरू ती दिन बन्द रहनेछन्। अत्यावश्यक सेवाहरू भने यथावत सञ्चालन हुने जनाइएको छ।
निर्वाचन नजिकिँदै जाँदा सुरक्षा तयारी तीव्र पारिएको छ। मतदान केन्द्रहरूको सुरक्षा, संवेदनशील क्षेत्रको निगरानी तथा आवश्यक जनशक्ति परिचालनको तयारी अन्तिम चरणमा पुगेको सम्बन्धित निकायले जनाएको छ।
सरकारले मतदातालाई निर्भय वातावरणमा मतदान गर्न आग्रह गर्दै निर्वाचनलाई लोकतान्त्रिक उत्सवका रूपमा सफल बनाउन सबै पक्षसँग सहयोगको अपिल गरेको छ।
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम् ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!