काठमाडौं ,पौष ४। सरकारले गत भदौ २३ र २४ गते भएको नवयुवा प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको वर्गीकरणको काम तीव्रताका साथ अघि बढाएको छ। घाइतेको अपाङ्गताको अवस्था र गम्भीरताका आधारमा आर्थिक सहायता तथा जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने उद्देश्यले मन्त्रिपरिषद्ले मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिअनुसार प्रक्रिया अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले घाइतेहरूको वर्गीकरणका लागि सिफारिस गर्नेछन् भने सोही आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमाणिकरण गर्नेछ। कार्यविधिअनुसार स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक समिति गठन गरी अपाङ्गताको आधारमा घाइतेहरूको वर्गीकरण गरिने व्यवस्था गरिएको छ।
सरकारले यस प्रक्रियाबाट प्रदर्शनमा घाइते भएका व्यक्तिहरूलाई आवश्यक राहत, आर्थिक सहयोग र दीर्घकालीन जीवन निर्वाहमा सहयोग पुग्ने अपेक्षा गरेको छ।
टोखा नगरपालिका वडा नं. ६ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको छ। यसैक्रममा टो ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!