काठमाडौ पुष २-सशस्त्र प्रहरी बलले बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको चिनियाँ सामानसहित सिन्धुपाल्चोकको बाह्रबिसे बजारबाट एक जनालाई नियन्त्रणमा लिएको छ। मंसिर २९ गते सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लामोसाँघुबाट खटिएको टोलीले बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसे बजारमा तातोपानीबाट खाडीचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर गाडी जाँच गर्दा आवश्यक कागजात नपाएपछि कारबाही गरेको हो।
नियन्त्रणमा परेका व्यक्ति सोही जिल्लाको बाह्रबिसे नगरपालिका–६ निवासी चालक शिवलाल तामाङ हुन्। गाडीमा ल्याइँदै गरेका स्टेशनरी, खेलकुद सामग्री तथा किरानालगायतका सामानको बिलविजक र भन्सार प्रज्ञापन पत्र फेला नपरेपछि चालकसहित गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद सामानको अन्दाजी मूल्य ७ लाख २२ हजार १० रुपैयाँ र गाडीको १५ लाख रुपैयाँ गरी जम्मा २२ लाख २२ हजार १० रुपैयाँ बराबरको सामग्री नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका तामाङलाई बरामद सामान र गाडीसहित आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
काठमाडौं पुस ३०-महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!