गोरखापत्रको नेतृत्व जिम्मेवारीपूर्वक काम गर्न मन्त्रीले निर्देशन दिए

गोरखापत्रको नेतृत्व जिम्मेवारीपूर्वक काम गर्न मन्त्रीले निर्देशन दिए

काठमाडौं, पुस ३० — सञ्चारमन्त्री जगदीश खरेलले गोरखापत्र संस्थानका नवनियुक्त अध्यक्ष गोविन्द भण्डारीलाई नियुक्तिपत्र प्रदान गर्दै देश र जनताको हितमा जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए।

मन्त्री खरेलले संस्थालाई सशक्त बनाउन, सुशासन प्रवर्द्धन गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र निर्वाचन सफल बनाउन सरकारको सहयोग रहने बताए।

अध्यक्ष भण्डारीले आफ्नो क्षमता अनुसार संस्थानको सुधार गर्दै जनताको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। मन्त्रालयका सचिव राधिका अर्याल र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए।

गत पुस २८ गते मन्त्रिपरिषद् बैठकले भण्डारीलाई अध्यक्षमा नियुक्त गरेको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ
एक महिना अगाडि

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा स ...

छुटाउनुभयो कि ?

TOP