‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’

‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’

चितवन, माघ १- केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहनुभएको थियो । एकदिन छाडा छोडिएको एउटा कुकुर उहाँहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुग्नुभयो । हतारिदैँ चोट लाग्ने गरी लखेट्नुभयो ।

 त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो । दुवैका आँखा रसाए । उहाँहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे । 

सोही अनुरोधअनुसार सुरक्षा गार्डले भागेको कुकुर खोजेर ल्याइदिनुभयो । आमाछोरीले कुकुरलाई सुमसुम्याउँदै माया गरेँ । माया मात्रै गरेनन्, सोही कुकुरलाई आफ्नो देश अमेरिका लिन निधो गरे । ती विदेशी पाहुनालाई व्यवस्थापनमा सहयोग पु¥याउनु भएका विनोद ढकालले उक्त कुकुर यसै साता अमेरिका पुगेको बताउनुभयो ।

उहाँका अनुसार अमेरिकी नागरिक ५० वर्षीया चन्दा रेनेग्रेगर र उहाँकी १६ वर्षीया छोरी म्याडिसनले लखेटिएको कुकुरलाई प्रक्रिया मिलाएर अमेरिका लैजानुभएको हो । ढकालले भन्नुभयो, “कुकुरलाई पिट्दा रोएका ती आमाछोरीले अमेरिका लैजान्छौँ भनेपछि सबै प्रक्रिया पु¥याएर पठाएको हुँ । गत आइतबार त्यहाँ पुगेको खबर पाउँदा निकै खुसी लागेको छ ।” गत जुनमा उहाँहरू यहाँ आउनुभएको थियो । 

दुई साता सोही होटलमा बस्ने क्रममा यो घटना भएको थियो । ढकालका अनुसार त्यतिबेला दुवै जना पूर्वनिर्धारित कार्यसूचीका कारण कुकुर रेखदेखका लागि एक जना व्यक्तिलाई जिम्मा लगाएर जानुभयो । उहाँले भन्नुभयो, “पशु चिकित्सकको परामर्शमा नियमित स्वास्थ्य परीक्षण गर्दै कुकुरलाई राखियो । पछि फिट टू फ्लाइटको अनुमति र पेट पासपोर्ट बनाएर कतार एयरलाइन्समार्फत कुकुरलाई पठाइयो । 

उक्त कुकुर अमेरिकाको कोलोराडोमा पुगेको छ ।” कुकुर अमेरिका पुर्याउने सबै प्रक्रिया पूरा गर्दा अमेरिकन आमाछोरीले १० हजार अमेरिकन डलरभन्दा बढी खर्च गरेको ढकालले सुनाउनुभयो । “मानिसलाई जनावरको माया कतिसम्म हुँदोरहेछ भन्ने उनीहरूबाट थाहा पाएँ । अमेरिका पुगेपछि दुई दिन क्वारेन्टिनमा राखेको खबर र स्वास्थ्य परीक्षण गरेर बाहिर हिँडाइएको तस्बिर र भिडियो पठाएपछि म पनि ढुक्क भएको छु”, ढकालले भन्नुभयो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सार्बजनिक यातायात सुधार अपरिहार्य, ठोस तयारी सहित अघि बढ्छौ:गगन थापा
एक महिना अगाडि

फागुन १, काठमाडौं । घण्टौँको ट्राफिक जाम, सडकमा उड्ने धुलो र असुरक्षित यात्राले आम नागरिकको दैनिकी ...

छुटाउनुभयो कि ?

TOP