टोखामा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता: फ्लोरोसेन्टकी अनुश्री मिश्र प्रथम

टोखामा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता: फ्लोरोसेन्टकी अनुश्री मिश्र प्रथम

काठमाडौँ,मङ्सिर ११ — टोखा नगरपालिका–१२ औं नगर स्थापना दिवसको अवसरमा आयोजित अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा फ्लोरोसेन्ट माध्यमिक विद्यालयकी कक्षा ८ की छात्रा अनुश्री मिश्र प्रथम भएकी छन्। नगरपालिका भित्र रहेका ३२ विद्यालय सहभागी बनेको प्रतियोगितामा बेबील्याण्ड इङ्लिस सेकेन्डरी स्कुलकी आरुसा बुढाथोकी दोस्रो र धापासी माध्यमिक विद्यालयका धिरेन्द्र बुढा तेस्रो स्थानमा परेका छन्। चौथो स्थान मिल्सबेरी स्कूलकी समृद्धि श्रेष्ठले हात पारिन्।

विजयी विद्यार्थीहरूलाई मंसिर १६ गते सम्मान तथा नगद पुरस्कार वितरण गरिने नगर शिक्षाशाखाले जनाएको छ। पुरस्कारअनुसार प्रथमलाई १५ हजार, दोस्रोलाई ११ हजार, तेस्रोलाई ८ हजार तथा सान्त्वना पुरस्कारस्वरूप ५ हजार रुपैयाँ प्रदान गरिनेछ।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रकाश अधिकारी र विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले प्रतियोगिताको सफलताप्रति बधाई दिँदै यस्ता गतिविधिले विद्यार्थीको क्षमतावृद्धिमा मद्दत पुर्‍याउने बताएका थिए। कार्यक्रम शिक्षा शाखा प्रमुख सिताराम कोइराला, विभिन्न विद्यालयका प्र.अ, शिक्षक तथा विद्यार्थीको उल्लेखनीय सहभागितासहित सम्पन्न भएको थियो। प्रतियोगिता शिक्षा शाखाका अधिकृत खगेन्द्र धामीले सञ्चालन गरेका थिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP