काठमाडौं,पुस ११– नेपाली राजनीतिमा ‘नयाँ’ र ‘पुरानो’ भन्ने बहस अर्थहीन भएको नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले बताएका छन्। उनले यो कुरा आफ्नै फेसबुक पोस्ट मार्फत सार्वजनिक गरेका हुन्।
पोख्रेलका अनुसार कुनै पनि पार्टीको नीति र नेतृत्व समयअनुसार अपडेट भइरहँदा त्यो सधैं जीवित र सान्दर्भिक रहन्छ। उनले बताएअनुसार, केहीले पुराना पार्टीलाई हराउन नयाँ पार्टीहरूलाई मिलाउन खोजिरहेका छन्। तर नीति र स्पष्ट एजेन्डा बिना नयाँ पार्टी बनाउने कुरा केवल भ्रम मात्र हो।
उनले फेसबुकमा लेखेका छन्, “नेपाली राजनीतिमा को नयाँ हो? रवी, वालेन, हर्क साम्पाङ वा कुलमान? यी सबै पहिला नै राजनीतिमा परिक्षण भइसकेका पात्र हुन्। जेन्जी समूह भने उमेर समूह मात्र हो, जसलाई कतिपय शक्तिहरूले सत्ता बिरुद्ध प्रयोग गर्न खोजेका छन्।”
पोख्रेलले भाद्र २३ को प्रदर्शनमा केही बाहिरका तत्वले घुसपैठ गरेको भए पनि युवा वर्गले यो कुरा बुझ्न सफल भएको र अहिले पनि नेकपा (एमाले) नयाँ भनिने समूहभन्दा लोकप्रिय रहेको बताए।
महासचिवले अन्ततः भने, “पुराना विरुद्ध नयाँलाई मिलाउने प्रयास भएको भए पनि त्यसको कुनै वास्तविक अर्थ छैन। राजनीतिक स्थायित्व नीति, नेतृत्व र पार्टीको सान्दर्भिकताले निर्धारण गर्छ।”
काठमाडौँ, माघ-११ यस वर्षको ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ यही माघ २४ ग ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!