काठमाडौँ,मङ्सिर ११— नेपाल प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तहमा देखिएको दरबन्दी अभाव पूर्ति गर्न सरकारले बढुवाको प्रक्रिया अघि बढाएको छ। संगठनमा प्रशासनतर्फ ५७ र प्राविधिकतर्फ २२ गरी कुल ७९ एसएसपी दरबन्दी रहेकामा हाल प्रशासनतर्फ ७ र प्राविधिकतर्फ २ गरी ९ पद खाली रहेको तथ्यांक छ।
उच्च तहमा बढ्दो रिक्तताले प्रहरी कमाण्ड, प्रशासनिक सञ्चालन र निर्णय प्रक्रियामा चुनौती बढेपछि गृह मन्त्रालयले छिटो दरबन्दी भर्ने तयारी गरेको हो। रिक्त पदहरूका कारण केही जिम्मेवारी अस्थायीरूपमा कनिष्ठ पदस्त अधिकारीहरूलाई तोकिएको र रणनीतिक निर्णयमा प्रभाव परेको बताइन्छ।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार बढुवा प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आवश्यक कागजी प्रक्रिया पूरा भइसकेको र बढुवा समितिको बैठक निकट भविष्यमा बस्न लागेको अधिकारीले बताए। बैठकले योग्य तथा वरिष्ठ अधिकारीलाई एसएसपीमा बढुवा गरी संगठनलाई पूर्ण क्षमतामा लैजाने निर्णय गर्नेछ।
वरिष्ठ प्रहरी अधिकारीहरूका अनुसार समयमै बढुवा नहुँदा कमाण्ड संरचना कमजोर हुने, अनुसन्धान तथा प्रशासनिक कार्यसम्पादनमा ढिलाइ हुने र मनोबलमा पनि असर पर्ने भएकाले रिक्तता पूर्ति अत्यावश्यक छ। बढुवा प्रक्रिया पूरा भएपछि संगठनमा स्थायित्व, नेतृत्वको स्पष्टता र कार्यक्षमतामा सुधार आउने अपेक्षा गरिएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया