विदेशमा रहेका नेपाली वैज्ञानिकलाई मन्त्री पुनको आह्वान

विदेशमा रहेका नेपाली वैज्ञानिकलाई मन्त्री पुनको आह्वान

काठमाडौँ, कार्तिक २२– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुन ले विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिकलाई देशको विज्ञान र प्रविधि विकासमा योगदान गर्न आह्वान गर्नुभएको छ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत विदेशमा आर्जन गरिएको ज्ञान, सीप, दक्षता र अन्तर्राष्ट्रिय अनुभव नेपालको लागि पनि अत्यन्त महत्वपूर्ण भएको बताए। उहाँका अनुसार अहिलेसम्म देशले यी प्रतिभालाई राष्ट्रहितका लागि पर्याप्त सम्मान र आकर्षण गर्न सकेको छैन।

उहाँले भन्नुभयो, “मेरो छोटो कार्यकालमा ठोस काम सीमित भए पनि, विदेशमा रहेका नेपालीहरू आफ्नो अनुभव र ज्ञान नेपालको हितमा प्रयोग गर्न इच्छुक भए सहयोगको अपेक्षा गर्दछु।”

विदेशमा रहनु भएका वैज्ञानिक, अनुसन्धानकर्ता र नवप्रवर्तनकर्ताहरूलाई सुझाव, नयाँ विचार वा सम्भावित सहकार्यहरू mahabir@moest.gov.np मा पठाउन मन्त्री पुनले आग्रह गर्नुभएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP