किशोर-किशोरीमा नैतिक शिक्षाको आवश्यकता विषयक चेतनामूलक कार्यक्रम सम्पन्न

किशोर-किशोरीमा नैतिक शिक्षाको आवश्यकता विषयक चेतनामूलक कार्यक्रम सम्पन्न

सिनामंगल, कार्तिक २१ – गृहिणी महिला संघ नेपाल र अमर आदर्श माध्यमिक विद्यालयको समन्वयमा आज किशोर-किशोरीमा नैतिक शिक्षाको आवश्यकता विषयक एक दिने चेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम बिहान १२ बजे अमर आदर्श माध्यमिक विद्यालय, सिनामंगलमा आयोजना  भएको थियो, जहाँ करिब ५० जना सहभागी भएका थिए। संघकी अध्यक्ष अमृता शर्माले किशोर-किशोरीको सही मार्गदर्शन र नैतिक मूल्यहरूको जीवन निर्माणमा महत्वबारे मन्तव्य दिइन्।

अध्यक्ष शर्माले भने, "शिक्षा मात्रै पर्याप्त छैन, नैतिक मूल्य र जीवनमूलक संस्कार पनि किशोर-किशोरीलाई जिम्मेवार नागरिक बनाउन आवश्यक छन्। अभिभावक र शिक्षकहरूले संवाद र मार्गदर्शनमा विशेष ध्यान दिनु पर्दछ।"

कार्यक्रमले वर्तमान समाजमा युवा वर्गलाई नैतिक दृष्टिकोणबाट तयार पार्ने आवश्यकता र चुनौतीबारे जनचेतना फैलाउने उद्देश्य राखेको आयोजकले जानकारी दिएको छ। सहभागीहरूले कार्यक्रम प्रभावकारी भएको र भविष्यमा यस्ता कार्यक्रमहरु नियमित आवश्यक रहेको बताएका छन्।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP