काठमाडौं, भदौ ८ – हरितालिका तीज–२०८२ लाई लक्षित गर्दै पशुपति क्षेत्र विकास कोषले आइतबार पत्रकार सम्मेलन गरी भक्तजनका लागि आवश्यक व्यवस्थापनबारे जानकारी दिएको छ। कोषले भक्तजनलाई सहज र सुरक्षित रूपमा भगवान् पशुपतिनाथको दर्शन गराउन सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
कोषका अनुसार तीज आउन दुई दिनअघि देखि नै सरसफाइ, बाटो व्यवस्थापन, स्वास्थ्य सम्बन्धी तयारी, सन्देश प्रवाह र सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ। मन्दिर परिसर र आसपासका क्षेत्रहरूमा नियमित सरसफाइ हुँदै आएको कोषले जनाएको छ।
तीजको दिन भदौ १० गते बिहान ३ बजेदेखि मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिनेछ। दर्शनका लागि कुनै प्रकारको पास आवश्यक छैन भने विशेष पूजाको व्यवस्था पनि गरिएको छैन। दर्शनलाई सहज बनाउन भक्तजनलाई लाइन व्यवस्थापनमार्फत अघि बढाइने व्यवस्था गरिएको छ।
सदस्य–सचिव सुभाष चन्द्र जोशीले सबै भक्तजन र स्वयंसेवकलाई सहयोग गर्न अपिल गर्दै धैर्यपूर्वक र शान्तिपूर्ण रूपमा दर्शन मेला सम्पन्न गर्न आग्रह गरेका छन्।
शान्ति–सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, कोषका कर्मचारी, स्वयंसेवक र सादा पोसाकका प्रहरी समेत खटाइनेछ। तोकिएको स्थान बाहेक अन्यत्र पार्किङ गर्न नपाइने व्यवस्था मिलाइएको छ। दर्शनमा आउने भक्तजनका लागि जुत्ता–चप्पल राख्ने छुट्टै सुविधा उपलब्ध गराइनेछ।
कोषले बहुमूल्य गरगहना लगाएर नआउन र सकेसम्म स–साना बालबालिकालाई लिएर नआउन भक्तजनलाई आग्रह गरेको छ। भीडभाडमा सम्भावित दुर्घटना न्यून पार्नका लागि यस्तो अनुरोध गरिएको हो।
दर्शन मेला व्यवस्थापनबारे थप जानकारी लिन र तत्काल सुधारका लागि सुझाव दिन सात जना जिम्मेवार व्यक्तिको सम्पर्क नम्बर सार्वजनिक गरिएको छ। तिनीहरूमा निमित्त सदस्य–सचिव सुभाष चन्द्र जोशी (९८५११९९३०४), कोषाध्यक्ष नारायण प्रसाद सुवेदी (९८५११८२५०२), निमित्त उप–निर्देशक ईश्वरमान भण्डारी (९८४१४४३९६७), निमित्त प्रमुख संस्कृति संरक्षण महाशाखा प्रमुख अरुणकुमार श्रेष्ठ (९८५१३३०३४१), सूचना अधिकारी अनिता भट्ट (९८४९१३४५५४), प्रशासकीय अधिकृत भुवनहरि दाहाल (९८४१८४४३११) र प्रहरी नायब उपरीक्षक सुकदेव खनाल (९८५१२८३३२७) रहेका छन्।
पत्रकारले उठाएका प्रश्नको जवाफ सदस्य–सचिव जोशी र कोषका अधिकारीहरूले दिएका थिए। दर्शन सहज बनाउन सम्पूर्ण संयन्त्र तयारी अवस्थामा रहेको उल्लेख गर्दै भक्तजनलाई धैर्यपूर्वक लाइनअनुसार दर्शन गर्न अनुरोध गरिएको छ।पत्रकार सम्मेलनमा कोषाध्यक्ष नारायण प्रसाद सुबेदि ,अन्य बिभागिय प्रमुख ,कर्मचारी ,परिषद सदस्य बाबुशरण सुबेदि ,रामेश्वर संगत समेतको उपस्थिति रहेको थियो।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया