पशुपतिमा विराट महायज्ञ: मन्त्री श्रेष्ठको आगमनले ऊर्जा थप्यो

पशुपतिमा विराट महायज्ञ: मन्त्री श्रेष्ठको आगमनले ऊर्जा थप्यो

काठमाडौं ।बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ शुक्रबार पशुपति क्षेत्रमा जारी श्रीपशुपति मनोकामना एवम् सड्ढट मोचन ज्ञान महायज्ञ–२०८२ मा प्रमुख अतिथिको रूपमा सहभागी भए। मन्त्री श्रेष्ठले धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय एकताको दृष्टिले महायज्ञलाई महत्वपूर्ण भन्दै शुभकामना व्यक्त गरे।

सन्ध्याकालीन आरतीमा समेत उपस्थित मन्त्री श्रेष्ठले सनातन धर्म संस्कृतिको संरक्षण र प्रवर्द्धनमा बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजले पुर्‍याएको योगदानलाई स्मरण गरे। उनले मामाघर आश्रम र छोरी घर को स्थायित्वका लागि भवन निर्माणलाई प्राथमिकता दिँदै यस अभियानमा समर्थन रहने प्रतिबद्धता जनाए।

मन्त्री श्रेष्ठलाई मानव सेवा फाउन्डेसन नेपालले भव्य स्वागत गरेको थियो। फाउन्डेसनका प्रतिनिधिहरूले पुष्पगुच्छा अर्पण गरे भने आयोजक समिति तर्फबाट विजय केसी र बिष्णु थापाले बाजागाजासहित स्वागत मञ्चमा मन्त्रीलाई लगेका थिए।

रेड मिडियाले मन्त्रीको उपस्थितिबारे सोध्दा विजय कृष्ण मुर्ति महाराजले भने, “मन्त्रीज्यूको आगमनले महायज्ञमा सहभागी भक्तजनलाई थप ऊर्जा र आत्मबल प्रदान गरेको छ। यो हाम्रो लागि ठूलो प्रेरणाको क्षण हो,” भन्दै आभार प्रकट गरे।

महायज्ञ भदौ २१ सम्म सञ्चालन हुनेछ। यसबीच लोकप्रिय कथा बाचिका राधिका दाशिको बिदाइ गरिएको छ भने लन्डनबाट श्रीराम कथा बाचनका लागि चन्द्रकला सखी आइपुगेकी छिन्। अहिलेसम्म लाखौँ भक्तजनले महायज्ञमा उपस्थिति जनाइसकेका छन्।

श्रीपशुपति मनोकामना एवम् सड्ढट मोचन ज्ञान महायज्ञमा भक्तजनहरूको उपस्थिति निरन्तर रहँदै आएको छ। बिहान–साँझको पूजा, कथा, भजन–कीर्तन र आरतीमा सहभागी भक्तजनहरूले धार्मिक र आध्यात्मिक वातावरणको गहिरो अनुभूति गरिरहेका छन्। आयोजक समितिका अनुसार महायज्ञको उद्देश्य समाजमा आस्था, नैतिकता र सांस्कृतिक चेतना फैलाउनु हो।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

शेरबहादुर देउवाका सालो भूषण राणाको घरमा प्रहरीले छापा, सीआईबी र स्थानीय प्रहरी सक्रिय
5 महिना अगाडि

काठमाडौं, असोज १२-नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सालो भूषण राणाको घ ...

छुटाउनुभयो कि ?

TOP