जनकपुरधाम । तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको पालामा ६ वटा सफ्टवेयर खरिद गर्न ६५ लाख रुपैयाँ निकासा गरिए पनि ती सफ्टवेयर कार्यालयमा दाखिला नै नगरी गायब पारिएको खुलासा भएको छ।
आर्थिक वर्ष २०७७/०७८ मा इनभेन्ट्री म्यानेजमेन्ट इनफरमेसन सिस्टम (आईएमआईएस), अफिस अटोमेसन सिस्टम (ओएएस), पर्सनल इनफरमेसन सिस्टम (पीपीआईएस), कन्ट्रयाक्ट म्यानेजमेन्ट इनफरमेसन सिस्टम (सीएमआईएस), प्रोजेक्ट परफरमेन्स इन्फरमेसन सिस्टम (पीपीआईएस) र डाटा इन्ट्री एन्ड रिपोर्टिङ एप्लिकेसन सफ्टवेयर खरिद भएको भए पनि एकैपटक जिन्सी शाखामा दाखिला नगरिकनै बेपत्ता पारिएको छ।
सफ्टवेयर खरिदबापत आपूर्तिकर्तालाई भने तत्कालै भुक्तानी गरिएको थियो। उदाहरणका लागि, ड्राई आइस सोलुसन काठमाडौंबाट अफिस अटोमेसन सिस्टम १८ लाख ६२ हजार ८०५ रुपैयाँमा र प्रोजेक्ट परफरमेन्स सिस्टम १८ लाख ६६ हजार ७६० रुपैयाँमा खरिद गरिएको थियो। यस्तै, हिमालयन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट पर्सनल इनफरमेसन सिस्टम १२ लाख ७५ हजार ५३४ रुपैयाँमा, एस्टर इनोभेसनबाट कन्ट्रयाक्ट म्यानेजमेन्ट सिस्टम ४ लाख ९५ हजार ९५७ रुपैयाँमा, हुमला टेक्नोलोजीबाट डाटा इन्ट्री एन्ड रिपोर्टिङ एप्लिकेसन ४ लाख ६५ हजार ३६२ रुपैयाँमा र पिस नेपालबाट इनभेन्ट्री म्यानेजमेन्ट सिस्टम ४ लाख ९५ हजार ७३१ रुपैयाँमा खरिद भएको कागजी प्रमाण रहेको छ।
तर ती सफ्टवेयर कार्यालयमा अझैसम्म भेटिएको छैन। जिन्सी शाखा प्रमुख रामअशिष रायका अनुसार, “अख्तियारबाट पत्र आउँदा मैले खोजेको थिएँ, तर दाखिला देखिएन। अहिले ती सफ्टवेयर कुन अवस्थामा छन् भन्ने जानकारी छैन।”
कार्यालय स्रोतका अनुसार, ती सफ्टवेयर आव २०७७/०७८ को अन्त्यतिर कुनै कार्यविधि, योजना र औचित्यबिनै तत्कालीन सचिव यमप्रसाद भुषालको एकल निर्णयमा खरिद गरिएको हो। भुषाल यसअघि मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत ब्रान्डबाहिरको साइकल खरिद प्रकरणमा समेत भ्रष्टाचारको छानबिनमा परेका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल यो विषयमा अनुसन्धान अघि बढाएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया