कोटिहोममा भोलि २१ करोड दीप प्रज्वलन, एकादशीमा ऐतिहासिक धार्मिक क्षण

पोखरा, जेठ २३श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ अन्तर्गत भोलि शनिवार, एकादशीका दिन पोखरामा २१ करोड दीप प्रज्वलन कार्यक्रम हुन लागेको छ। एकादशी जस्तो पवित्र तिथिमा हुन लागेको यस दीप प्रज्वलनलाई विशेष धार्मिक महत्वका साथ हेरिएको छ।

मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार, भक्तजनहरूले बिहान १० बजे आफ्ना घरबाट ल्याएको ज्योति कोटिहोममा भिजाउने छन्, र साँझ ६ बजे दीप प्रज्वलन गरिने छ।

भक्तजनहरूले आ–आफ्नो घरबाट दीप/ज्योति ल्याएर सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। एकादशी व्रत, पितृ उद्धार, ग्रहशान्ति, पारिवारिक सुख, ऋणमोचन, राष्ट्रको समृद्धि तथा विश्वशान्तिको कामना सहितको संकल्पमा दीप प्रज्वलन गरिने जनाइएको छ।

कोटिहोममा अहिले पनि श्रीसूक्त पाठ, हनुमान चालिसा, चण्डी पाठ, व्रत उद्यापन, गोदान, भूमिदान लगायत विविध धार्मिक अनुष्ठानहरू जारी छन्।

बालयोगेश्वर श्री विजयकृष्णमूर्ति महाराजको संकल्पमा आयोजित यस विराट महायज्ञ जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

  • * * * <a href="http://m-emp.com/index.php?g3bz6i">Snag Your Free Gift</a> * * * hs=cb19e051d017b0666f3e65b857276e8c* ххх* pazapz@mailbox.in.ua y7bbet
  • * * * Claim Free iPhone 16: http://m-emp.com/index.php?g3bz6i * * * hs=cb19e051d017b0666f3e65b857276e8c* ххх* pazapz@mailbox.in.ua y7bbet
  • सम्बन्धित समाचार

    सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
    4 बर्ष अगाडि

    १९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

    छुटाउनुभयो कि ?

    TOP