पोखरा, जेठ १६– कास्की जिल्लाको पोखरा महानगरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुई बालकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले बाहिर निकालेको छ।
माछापुच्छ«े गाउँपालिका–६ निवासी १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार जेठ १५ गते दिउँसो करिब १३:४५ बजे डुबेर बेपत्ता भएका थिए।
घटनाको जानकारीलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट प्रहरी निरीक्षक दीपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोर टोली घटनास्थल पुगेको थियो। टोलीले करिब २० फिट गहिराइबाट विवश परियारको शव १४:१० बजे र विशाल परियारको शव १५:०० बजे फेला पारेको हो।
सशस्त्र प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया