चर्चामा
काठमाडौँ । सरकारले यस वर्षको दसैँमा सहुलियत मूल्यमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री नगर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार खसी-बोका खरिदका लागि यस वर्ष बजेट विनियोजन नभएकाले उपत्यकामा सहुलियतका चौपाया ल्याउन नसकिने भएको हो।
कम्पनीले गत वर्ष १ हजार ५ सय खसी-बोका र ३ सय च्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री गरेको थियो। यस वर्ष भने बजारमा सरकारी सहुलियतको खसी-च्याङ्ग्रा नपाइने भएको छ।
चौपाया खरिद-बिक्री केन्द्रका अनुसार दसैँमा काठमाडौं उपत्यकामा मात्रै करिब ३५ देखि ४० हजार खसी, बोका तथा च्याङ्ग्राको माग हुने अनुमान छ।
कुवेतमा हराएको भनिएका ज्ञानेन्द्र चौधरीको खोजीका लागि परिवारले सहयोगको अपिल गरेको छ। 'कान्छी लुर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!