चर्चामा
काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको छ। बुधबार हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको हो।
काठमाडौं उपत्यकाको नेवार समुदायको मौलिक पहिचानसँग जोडिएको इन्द्रजात्रा केवल एउटा पर्व मात्र नभई धर्म, संस्कृति, कला, परम्परा र सामाजिक एकताको जीवन्त उत्सवका रूपमा मनाइँदै आएको छ। लिङ्गो ठड्याउने परम्परालाई जात्राको महत्वपूर्ण सुरुवाती विधि मानिन्छ।
इन्द्रजात्राका क्रममा इन्द्र, भैरव, गणेश तथा जीवित देवी कुमारीको पूजा-आराधना गरिनुका साथै कुमारी, गणेश र भैरवको भव्य रथयात्रा निकालिन्छ। हनुमानढोका, बसन्तपुर तथा काठमाडौंका विभिन्न टोलमा हुने जात्राले पुरानो काठमाडौंको सांस्कृतिक वैभवलाई जीवन्त बनाउँछ।
जात्राका क्रममा लाखे नाच, पुलुकिसी नाच, विभिन्न परम्परागत बाजागाजा र सांस्कृतिक प्रस्तुतिले काठमाडौंको वातावरण उत्सवमय बन्ने गर्छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यी परम्पराले काठमाडौंको मौलिक संस्कृति र सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
इन्द्रजात्राको धार्मिक पक्षसँगै यसको सांस्कृतिक र ऐतिहासिक महत्व पनि उत्तिकै गहिरो छ। जात्राका विभिन्न गतिविधि हेर्न काठमाडौंका स्थानीयसँगै देशका विभिन्न स्थानबाट आएका श्रद्धालु तथा विदेशी पर्यटकसमेत बसन्तपुर र हनुमानढोका क्षेत्रमा भेला भएका छन्।
लिङ्गो ठड्याइएसँगै सुरु भएको इन्द्रजात्राले अब काठमाडौंलाई केही दिन परम्परा, संस्कृति, बाजागाजा र रथयात्राको रंगमा रंगाउ
कुवेतमा हराएको भनिएका ज्ञानेन्द्र चौधरीको खोजीका लागि परिवारले सहयोगको अपिल गरेको छ। 'कान्छी लुर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!