ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि ट्रम्प प्रशासनविरुद्ध सीएनएनसहितका मिडिया अदालतमा

ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि ट्रम्प प्रशासनविरुद्ध सीएनएनसहितका मिडिया अदालतमा

अमेरिका । ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि सीएनएन, पोलिटिको र एमएस नाउले ट्रम्प प्रशासनविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।

ती सञ्चारमाध्यमले ह्वाइट हाउस प्रवेशमा रोक लगाउने निर्णय असंवैधानिक भएको दाबी गर्दै वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, पोलिटिको र एमएस नाउलाई आफूविरुद्ध ‘झुटा तथा काल्पनिक’ समाचार प्रकाशित गरेको आरोप लगाउँदै ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा गरेका थिए ।

मिडियाहरूले भने आफूलाई मन नपरेको समाचार प्रकाशित गरेको आधारमा सरकारले पत्रकारको पहुँच खोस्न नहुने बताएका छन् ।

यसैबीच, सीएनएनमाथि प्रतिबन्ध लगाएपछि एबीसी, सीबीएस, सीएनएन, फक्स न्युज र एनबीसीले ह्वाइट हाउसको टेलिभिजन प्रेस पूलबाट पछि हट्ने संयुक्त घोषणा गरेका छन् ।

प्रतिबन्धपछि सीएनएनको टोलीले ह्वाइट हाउसको सुरक्षा क्षेत्रबाहिर सार्वजनिक सडकबाट प्रत्यक्ष प्रसारणसमेत गरेको थियो ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नेपाली चलचित्रमा सिक्वेलको बाढी, मौलिक कथाको अभाव!
4 दिन अगाडि

काठमाडौं । दसैँको अवसर पारेर प्रदर्शनमा आएका नेपाली चलचित्रले दर्शकको ध्यान ताने पनि नेपाली चलचित्रक ...

छुटाउनुभयो कि ?

TOP