मोरङमा अनौठो घटना : महिलाको शरीरमा अचानक आगो लाग्ने र घरका सामानमा समेत अचानक आगलागी हुने

मोरङमा अनौठो घटना : महिलाको शरीरमा अचानक आगो लाग्ने र घरका सामानमा समेत अचानक आगलागी हुने

मोरङको पथरी शनिश्चरे नगरपालिका-१०, मंगलबारे डाँडामा एक महिलासँग जोडिएको अनौठो आगलागीको घटना सार्वजनिक भएको छ। स्थानीय तथा परिवारका अनुसार ती महिलाको शरीरमा पटक-पटक अचानक आगो सल्किने गरेको र घरका विभिन्न स्थानमा समेत अकस्मात् आगलागी हुने गरेको दाबी गरिएको छ।

आइतबार साँझ करिब ५ः३० बजे ती महिला घरमा सुतिरहेको अवस्थामा घरमा आगो लागेको बताइएको छ। उनकी छोरीले आगो देखेपछि उनलाई उठाएर पानी खन्याई आगो निभाएकी थिइन्। ढोकापछाडि पनि कपडा झुन्ड्याउन राखिएको हुकमा अचानक आगो लागेको र पानी हालेर निभाइएको परिवारको भनाइ छ। आगलागीका क्रममा घरमा रहेका कपडालगायतका सामानमा क्षति पुगेको तथा कुखुरासमेत मरेको बताइएको छ।

परिवारका अनुसार छोरीको घरमा पटक-पटक यस्तो घटना भएपछि  करिब एक महिनापछि  छोरी सन्चो नभएर उपचार गर्नलाई माइती आएकी थिइन्। घटना दोहोरिन थालेपछि परिवारका सदस्यहरूले 'अब धामी लगाउनुपर्‍यो,' डाक्टरलाई देखाउनुपर्छ/उपचार गराउनुपर्छ भन्दाभन्दै कुरा गरिरहेको अवस्थामा फेरि आगलागी भएको दाबी गरिएको छ। 

यद्यपि, महिलाको शरीरमा आफैं आगो लाग्ने वा उनले हेरेको स्थानमा आगो सल्किने भन्ने दाबीको स्वतन्त्र पुष्टि भएको छैन। ती महिला आफूलाई भने केही थाहा नभएको बताएकी छिन्। उनलाई कसरी आगो लाग्यो के कारणले लाग्यो भन्ने कुरा उ आफैलाई थाहा हुँदैन तर आगो लागि चाहिँ भइरहेको हुन्छन्।

आगलागीको वास्तविक कारण पत्ता लगाउन प्राविधिक तथा सम्बन्धित निकायबाट अनुसन्धान आवश्यक देखिन्छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

अनियमितताविरुद्ध उजुरी गर्ने कर्मचारी नै सरुवाको निशानामा
5 दिन अगाडि

सार्वजनिक सेवा प्रसारण संस्था (नेपाल टेलिभिजन र रेडियो नेपाल) मा विभिन्न उपकरण तथा सेवा खरिद प्रक्रि ...

छुटाउनुभयो कि ?

TOP