चर्चामा
काठमाडौं । दशैँको अवसरमा सार्वजनिक यातायातको अभावलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
दशैँका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारण नागरिकको आवतजावत सहज बनाउन सशस्त्र प्रहरीले दुईवटा बस निःशुल्क सञ्चालनमा ल्याएको हो।
सशस्त्र प्रहरी बलका अनुसार उक्त सेवा आजदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट सञ्चालन हुने पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै यात्रुलाई सेवा दिनेछ। त्यस्तै, दोस्रो बसले प्रधान कार्यालयबाट सितापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै विभिन्न स्थानमा यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछ।
दशैँका बेला सार्वजनिक यातायातको अभावमा सर्वसाधारणले भोग्नुपर्ने सास्ती कम गर्ने उद्देश्यले सशस्त्र प्रहरीले यस्तो सेवा सञ्चालन गरेको हो।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले नागरिकलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउन निःशुल्क बस सेवा सञ्चालन गरिएको जानकारी दिएका छन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!