चर्चामा
गोर्खा ।गोरखाको आरुघाटस्थित बूढीगण्डकी नदीमा बाढीले पुल बगाएको नौ दिनमै बेलीब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
नेपाली सेनाले सोमबार पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गरेको हो। नेपाली सेना र सडक विभागको सहकार्यमा निर्माण गरिएको २७ दशमलव ४३ मिटर लामो बेलीब्रिजको भारवहन क्षमता २५ टन रहेको छ।
हाल उक्त पुलबाट पैदलयात्री र मोटरसाइकललाई आवतजावत गर्न खुला गरिएको छ। ठूला सवारीसाधनका लागि भने सञ्चालन अनुमति दिइएको छैन।
गत असोज २५ गते बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले आरुघाटस्थित पक्की पुल बगाएपछि स्थानीयवासीको आवतजावत प्रभावित बनेको थियो।
बेलीब्रिज निर्माण सम्पन्न भएसँगै नदी वारपार गर्न स्थानीयलाई सहज भएको छ।
काठमाडौँ । दसैँको लामो बिदापछि सरकारी कार्यालयहरू खुलेका छन्। तर, पहिलो दिन कर्मचारी र सेवाग्राह ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!