यमनमा राष्ट्रपति भवन परिसरमा मिसाइल आक्रमण, पाँच जनाको मृत्यु र १६ घाइते

यमनमा राष्ट्रपति भवन परिसरमा मिसाइल आक्रमण, पाँच जनाको मृत्यु र १६ घाइते

यमनको अदनस्थित राष्ट्रपति भवन परिसरलाई लक्षित गरी भएको मिसाइल आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षागार्डसमेत रहेको अलजजिराले यमनी स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै जनाएको छ।

रोयटर्सका अनुसार आक्रमण हुँदा प्रधानमन्त्री र मन्त्रिपरिषद्का अन्य उच्च अधिकारी राष्ट्रपति भवनभित्रै थिए। उनीहरू भने सकुशल रहेका छन्। प्रत्यक्षदर्शीहरूले परिसर आसपास कम्तीमा पाँचवटा शक्तिशाली विस्फोट भएको र त्यसपछि धुवाँको ठूलो मुस्लो देखिएको बताएका छन्।

हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सरीले आक्रमणको जिम्मेवारी लिएका छन्। उनका अनुसार अदनमा रहेको साउदी अरबको सैन्य परिचालन मुख्यालयलाई लक्षित गरी आक्रमण गरिएको हो। साउदी सेनाको उपस्थिति र सैन्य गतिविधि हुने स्थानलाई निशाना बनाउने रणनीतिअनुसार आक्रमण गरिएको उनको दाबी छ।

घटनापछि साउदी अरबले हुथी समूहको आक्रमणको कडा निन्दा गरेको छ। यमनको द्वन्द्वमा साउदी नेतृत्वको गठबन्धनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्दै आएको छ। यसबीच साउदी गठबन्धनका प्रवक्ता तुर्की अल-मलिकीले हुथी समूहले ड्रोन, ब्यालिस्टिक मिसाइल र विस्फोटक डुङ्गासमेत प्रयोग गरिरहेको आरोप लगाएका छन्। उनले यमनका पहाडी क्षेत्रमा रहेका हुथीका १२७ वटा हतियार भण्डारण तथा मिसाइल प्रक्षेपण केन्द्र नष्ट गरिएको दाबी पनि गरेका छन्।

बढ्दो सुरक्षा जोखिमलाई ध्यानमा राख्दै साउदी अरबस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीको यात्रामा प्रतिबन्ध लगाएको विवरण सार्वजनिक भएको छ। त्यस्तै, सम्भावित आक्रमणको जोखिमका कारण इत्तेहाद एयरवेजले अबुधाबी-रियाद उडान अक्टोबर १९ सम्म रद्द गरेको र कतार एयरवेजले रियाद तथा दमाम जाने-आउने उडान अस्थायी रूपमा स्थगित गरेको जनाइएको छ।

समुद्री सुरक्षा अनुगमन निकाय यूकेएमटीओले पनि हर्मुज जलडमरूमध्य क्षेत्रमा सुरक्षा सतर्कता कायम राखेको छ। आक्रमण तथा ड्रोन गतिविधिको सम्भावित जोखिमलाई ध्यानमा राख्दै व्यापारिक र समुद्री जहाजलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP