स्थानीय चुनावका लागि रास्वपाले खोल्यो उम्मेदवार बन्न आवेदन, मोबाइल एपबाटै दिन सकिने

स्थानीय चुनावका लागि रास्वपाले खोल्यो उम्मेदवार बन्न आवेदन, मोबाइल एपबाटै दिन सकिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय निर्वाचनमा नगरपालिका तहबाट उम्मेदवार बन्न इच्छुकका लागि आवेदन खुला गरेको छ। पार्टीले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य बन्न चाहने आकांक्षीलाई लक्षित गर्दै 'नगरपालिका क्यान्डिडेट क्लब' को आवेदन खुला गरेको हो।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै रास्वपाले स्थानीय तहमा नेतृत्व गर्न इच्छुक व्यक्तिलाई आवेदन दिन आह्वान गरेको छ। इच्छुकले पार्टीको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।रास्वपाले यसअघि भदौ १ गतेदेखि गाउँपालिका तहका सम्भावित उम्मेदवारका लागि पनि ‘गाउँपालिका क्यान्डिडेट क्लब’ मा आवेदन खुला गरेको थियो।

पार्टीका अनुसार क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै उम्मेदवार छनोटको प्रक्रिया अघि बढ्नेछ। यस व्यवस्थामार्फत स्थानीय तहमा नेतृत्व गर्न इच्छुक व्यक्तिलाई प्रारम्भिक चरणबाटै सहभागी गराउने पार्टीको तयारी देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP