भोटेकोशी बाढी : मृतक संख्या १ हजार ३९९ पुग्यो, अझै ४ हजार ८९ जना बेपत्ता

भोटेकोशी बाढी : मृतक संख्या १ हजार ३९९ पुग्यो, अझै ४ हजार ८९ जना बेपत्ता

काठमाडौं । रसुवाबाट सुरु भएको विनाशकारी भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३९९ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मृतकमध्ये ५४४ पुरुष, ३३६ महिला तथा ५१९ वटा आंशिक अङ्ग फेला परेका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता रहेका छन्। बेपत्तामध्ये २ हजार ९०७ पुरुष, ५७२ महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला रहेका छन्।

प्रहरीका अनुसार बाढीमा घाइते तथा जोखिममा परेका ९ हजार २८७ जनाको उद्धार गरिएको छ। फेला परेका शवको पहिचानका लागि डिएनए नमुना सङ्कलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार २३० शवको व्यवस्थापन गरिसकिएको प्रहरीले जनाएको छ।

पहिचान हुन नसकेका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको छ भने शव पहिचानका लागि मृतकका शवबाट १ हजार २८६ र बेपत्ता व्यक्तिका आफन्तबाट १ हजार ८८९ वटा डिएनए नमुना सङ्कलन गरिएको छ।

उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका कार्यमा हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। यस्तै, विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा अहिले ३ हजार ४४० जना प्रभावित नागरिक आश्रित रहेका छन्।

भोटेकोशी बाढीपछि खोजी, उद्धार र पहिचानको काम जारी रहेकाले मृतक तथा बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP