चर्चामा
काठमाडौं । प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने उडान अवरोध घटाउन नयाँ नेभिगेसन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढाइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी-एआर (RNP-AR) अवतरण प्रक्रिया कार्यान्वयनका लागि प्राविधिक अध्ययन अघि बढाएको हो। पर्यटनमन्त्री खडकराज पौडेल ‘गनेस’ले नयाँ प्रणाली लागू भएपछि खराब मौसमका कारण उडान रद्द हुने, अन्य विमानस्थलमा डाइभर्ट गर्नुपर्ने र अवतरणमा समस्या आउने घटना घट्ने अपेक्षा गरिएको बताएका छन्।
प्राधिकरणका अनुसार पोखरा विमानस्थलमा अहिले भीओआर/डीएमई र आईएलएस प्रणालीमा आधारित उडान अवतरण प्रक्रिया सञ्चालनमा छ। तर, विमानस्थलको भौगोलिक बनावट र वरपरका पहाडी क्षेत्रका कारण कम भिजिबिलिटीमा उडान सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ।
यसलाई सहज बनाउन भूउपग्रहमा आधारित नेभिगेसन प्रणाली लागू गर्न लागिएको हो। आरएनपी-एआर प्रक्रियाको प्रारम्भिक अध्ययन पूरा भए पनि कार्यान्वयनअघि विस्तृत डिजाइन, सुरक्षा मूल्याङ्कन, प्रमाणीकरण र आवश्यक नियामकीय स्वीकृति लिनुपर्नेछ।
यी प्रक्रिया पूरा भएपछि कम भिजिबिलिटीमा पनि उडान सञ्चालन गर्न सहज हुने र पोखरा विमानस्थलको हवाई सेवालाई थप सुरक्षित, नियमित तथा विश्वसनीय बनाउन सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!