जर्मनीमा अपार्टमेन्टमा आगलागी हुँदा तीन भारतीय विद्यार्थीको मृत्यु, एक जना पक्राउ

जर्मनीमा अपार्टमेन्टमा आगलागी हुँदा तीन भारतीय विद्यार्थीको मृत्यु, एक जना पक्राउ

काठमाडौं । जर्मनीको बोचम सहरमा अपार्टमेन्ट भवनमा भएको आगलागीमा तीन भारतीय विद्यार्थीको मृत्यु भएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले सोही भवनमा बस्ने ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ।

मृत्यु हुनेमा २५ र २७ वर्षका दुई महिला तथा २६ वर्षीय एक पुरुष छन्। तीनै जना जर्मनीमा अध्ययनरत भारतीय नागरिक रहेको बर्लिनस्थित भारतीय दूतावासले पुष्टि गरेको छ।

उत्तरी राइन-वेस्टफालिया राज्यको बोचममा भएको घटनापछि जर्मन प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा प्राविधिक त्रुटिको सम्भावना नदेखिएपछि भवनमै बस्ने एक व्यक्तिमाथि शङ्का बढेको प्रहरी र अभियोजनकर्ताले जनाएका छन्।

सन्दिग्ध व्यक्तिलाई हत्या अनुसन्धानका अधिकारीहरूले सोधपुछ गरेका छन्। बोचम अभियोजन कार्यालयको निर्देशनमा घटनाबारे थप अनुसन्धान भइरहेको छ। यद्यपि, आगलागीमा उनको संलग्नता पुष्टि भइसकेको छैन।

समाचार एजेन्सी अनादोलुले जर्मन सार्वजनिक प्रसारक एनडीआरलाई उद्धृत गर्दै आगलागी हुनुभन्दा एक दिनअघि सोही भवनमा विवाद भएपछि प्रहरी बोलाइएको जनाएको छ। भवनमा यसअघि पनि विभिन्न घटनाका कारण प्रहरी पुगेको बताइएको छ। तर, प्रहरीले ती पुराना घटनाको आगलागीसँग सम्बन्ध नरहेको स्पष्ट पारेको छ।

यसैबीच, भारतीय दूतावास र फ्रान्कफर्टस्थित भारतीय महावाणिज्य दूतावासले स्थानीय अधिकारी तथा मृतकका परिवारसँग समन्वय गरिरहेको जनाएका छन्। दूतावासले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराइरहेको जनाएको छ।

घटनाको वास्तविक कारण र पक्राउ परेका व्यक्तिको सम्भावित संलग्नताबारे जर्मन अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
13 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP