आँधीखोलामा नुहाउने क्रममा बगेकी ५३ वर्षीया महिलाको शव ४ किलोमिटर तल फेला

आँधीखोलामा नुहाउने क्रममा बगेकी ५३ वर्षीया महिलाको शव ४ किलोमिटर तल फेला

३० भदौ, स्याङ्जा । स्याङ्जाको वालिङमा आँधीखोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ।

वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डे मंगलबार बिहान स्थानीय आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी थिइन्।

महिला खोलाले बगाएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वार्टर वालिङबाट संयुक्त सुरक्षाकर्मीको टोली खोजीमा परिचालन गरिएको थियो।

खोजीका क्रममा बेपत्ता भएको स्थानदेखि करिब ४ किलोमिटर तल वालिङ नगरपालिका–१३ शान्तिघाटस्थित आँधीखोलामा ढुंगामा अड्किएको अवस्थामा पाण्डेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिए।

सुरक्षाकर्मीको टोलीले शव निकालेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP