पाकिस्तानमा विद्यालयको छत खस्दा १८ बालबालिकासहित १९ जनाको मृत्यु, ४० घाइते

पाकिस्तानमा विद्यालयको छत खस्दा १८ बालबालिकासहित १९ जनाको मृत्यु, ४० घाइते

काठमाडौं । पाकिस्तानको पेसावरस्थित एक निजी विद्यालयको छत खस्दा १८ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ४० जना बालबालिका घाइते भएका छन्।
बीबीसी उर्दूका अनुसार पेसावरको ‘दिर कलोनी’ क्षेत्रमा उक्त दुर्घटना भएको हो। मृत्यु हुनेमा १८ बालबालिका र एक शिक्षिका रहेका छन्।
लेडी रिडिङ अस्पतालका प्रवक्ता मोहम्मद आसिमका अनुसार दुर्घटनापछि १८ बालबालिकालाई मृत अवस्थामा अस्पताल ल्याइएको थियो। पछि एक शिक्षिकाको शव पनि अस्पताल पुर्‍याइएको थियो।
दुर्घटनामा घाइते भएका ४० बालबालिकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
अस्पतालको ट्रमा सेन्टरमा घाइतेहरूको उपचार भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हुम्लामा रुघाखोकीको प्रकोप, तीन सातामा चार जनाको मृत्यु
14 घण्टा अगाडि

चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...

छुटाउनुभयो कि ?

TOP