विराटनगरको माटस बोर्डिङ स्कुलमा आगलागी, १० लाखको क्षति

विराटनगरको माटस बोर्डिङ स्कुलमा आगलागी, १० लाखको क्षति

विराटनगर । विराटनगर महानगरपालिका–१०, तिनटोलियास्थित माटस बोर्डिङ स्कुलमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
बिहीबार बिहान करिब ४ बजे विद्युत् तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरी र विराटनगर महानगरपालिकाको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।
आगलागीबाट विद्यालय कार्यालयमा रहेका दुईवटा कम्प्युटर, एउटा प्रिन्टर, स्टेप्लाइजर र दुईवटा कुर्सी जलेर नष्ट भएका छन्। साथै विज्ञान प्रयोगशालाका सामग्रीमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विश्वकपको तयारीमा नेपाली यू–१९ महिला टोली, चीन र भारतमा खेल्ने
13 घण्टा अगाडि

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले चीन र भारतमा द ...

छुटाउनुभयो कि ?

TOP