रानीपोखरीमा करिब ४० वर्षीय पुरुषको शव भेटियो, पहिचान खुलेन !

रानीपोखरीमा करिब ४० वर्षीय पुरुषको शव भेटियो, पहिचान खुलेन !

काठमाडौँको रानीपोखरीमा बुधबार साँझ करिब ३५–४० वर्षका एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ। घटनास्थलमा पुगेको प्रहरीले शवको पहिचान खुलाउन सकेको छैन। प्रहरीका अनुसार मृतकको साथमा परिचय खुल्ने कुनै कागजातसमेत फेला परेको छैन। शवको अवस्था र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ। मृतकको पहिचान तथा मृत्युको कारण खुलाउने क्रममा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

विश्वकपको तयारीमा नेपाली यू–१९ महिला टोली, चीन र भारतमा खेल्ने
13 घण्टा अगाडि

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोलीले चीन र भारतमा द ...

छुटाउनुभयो कि ?

TOP