सिंहदरबार गेटबाटै पक्राउ परे किस्पाङ अध्यक्ष वीरबल तामाङ

सिंहदरबार गेटबाटै पक्राउ परे किस्पाङ अध्यक्ष वीरबल तामाङ

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारको गेटबाटै पक्राउ परेका छन्।

भोटेकोसी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार गरेको छलफलमा सहभागी भएर फर्किने क्रममा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालय लगिएको बताइएको छ। 

प्रहरीका अनुसार तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा रहेको छ। सोही मुद्दाका आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ। 

प्रधानमन्त्रीसँगको छलफलमा तामाङले भोटेकोसी बाढीपछिको उद्धार, राहत वितरण, पुनःस्थापना तथा पुनर्निर्माणका विषय उठाएका थिए। बैठक सकिएलगत्तै सिंहदरबारबाट बाहिरिने क्रममा उनी पक्राउ परेका हुन्। 

सिंहदरबार परिसरबाटै निर्वाचित गाउँपालिका अध्यक्ष पक्राउ परेपछि उक्त घटनाले राजनीतिक तथा प्रशासनिक वृत्तमा चर्चा पाएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

ओमानलाई ११३ रनले हराउँदै नेपाल विजयी
1 हप्ता अगाडि

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ओमानमाथि ११३ रनको शानदार जित निकालेको छ। ...

छुटाउनुभयो कि ?

TOP