देउताखोलामा जिप दुर्घटना : चालकसहित २ जनाको मृत्यु, ९ घाइते

देउताखोलामा जिप दुर्घटना : चालकसहित २ जनाको मृत्यु, ९ घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रहरीका अनुसार सडकबाट करिब ५० मिटर तल खसेको जिप दुर्घटनामा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की अन्दाजी १५–१६ वर्षीया प्रेमकला पुन को मृत्यु भएको हो।

दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्। घाइतेमध्ये ३ देखि ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
गम्भीर घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लैजान माग गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

इन्टरनेटमा मनपरी शुल्क असुल्ने १४ कम्पनीलाई कारबाही,प्रत्येकलाई ५० हजार जरिवाना
1 हप्ता अगाडि

काठमाडौं । इन्टरनेट सेवा दिँदा स्वीकृत मापदण्ड पालना नगरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले १४ वटा ...

छुटाउनुभयो कि ?

TOP