ओमानविरुद्ध नेपालले बनायो २६३ रन, जितका लागि ओमानले बनाउनुपर्ने २६४ रन

ओमानविरुद्ध नेपालले बनायो २६३ रन, जितका लागि ओमानले बनाउनुपर्ने २६४ रन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले २६३ रन बनाएको छ। मंगलबार ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। अर्जुन कुमालले ४०, इशान पाण्डेले ३७ र बशिर अहमदले ३७ रनको योगदान दिए। दीपेन्द्रसिंह ऐरीले २२ रन जोडे।

अन्तिम ओभरतिर करण केसीले आक्रामक ब्याटिङ गर्दै ४ बलमा अविजित ६ रन बनाए। नन्दन यादव ७ रनमा अविजित रहे।

ओमानका लागि शाह फैसल र शकिल अहमदले समान २–२ विकेट लिए भने करण सोनावलेले पनि २ विकेट हात पारे।

अब ओमानले जितका लागि ५० ओभरमा २६४ रन बनाउनुपर्नेछ। नेपालका लागि यो खेल आईसीसी विश्वकप लिग–२ मा शीर्ष ६ स्थानमा रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने दृष्टिले महत्त्वपूर्ण छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

भोलिदेखि एनपीएलको रौनक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
13 घण्टा अगाडि

काठमाडौं । नेपाली क्रिकेटको चर्चित प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सोमबारद ...

छुटाउनुभयो कि ?

TOP