चर्चामा
काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या बढ्दै गएको छ। काठमाडौंको नयाँ बसपार्कबाट पछिल्लो नौ दिनमा २ लाखभन्दा बढी यात्रु बाहिरिएका छन्।नयाँ बसपार्क सञ्चालन गर्ने ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पंकज मल्लका अनुसार अक्टोबर ३ देखि ११ सम्म २ लाख ७ हजार २५१ यात्रुले बसपार्कबाट यात्रा गरेका छन्।सबैभन्दा धेरै यात्रु अक्टोबर ९ मा बाहिरिएका थिए। उक्त दिन ३१ हजार २३५ जनाले नयाँ बसपार्कबाट यात्रा गरेका थिए। त्यस्तै, अक्टोबर ६ मा २९ हजार ६०२ र अक्टोबर ११ मा २९ हजार ३८० यात्रु बाहिरिएका थिए।
दसैँको चापसँगै मुख्य राजमार्गमा देखिएको अवरोधले यात्रु तथा यातायात व्यवसायीलाई थप समस्या भएको छ। धादिङको गलौंदीमा पृथ्वी राजमार्गको सडक भासिएपछि काठमाडौं उपत्यकामा केही बस रोकिएका थिए।यात्रुको चापलाई ध्यानमा राख्दै यातायात व्यवसायीले अग्रिम टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेका छन्।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!