चर्चामा
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।गैँडाकोट नगरपालिका–५ स्थित कुसुमघाटको भित्री सडकमा आज स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा गैँडाकोट–६ का अन्दाजी २४ वर्षीय राजु थापाको मृत्यु भएको हो।
प्रहरीका अनुसार गैँडाकोट इङ्लिस स्कुलको ग१ख ३९७० नम्बरको बसले ना५८प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवन मेडिकल कलेज शिक्षण अस्पताल, भरतपुर लगिएको थियो। तर, अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार दुर्घटनामा संलग्न दुवै सवारीसाधन र बस चालक गैँडाकोट–१ का ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिइएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चङ्खेली गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीका इन्चार्ज हर्क बुढाका अनुसार मृत्यु हुनेहरू ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!