चर्चामा
गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल भाँचिएपछि सडक सम्पर्क पुनःस्थापना गर्न नेपाली सेनाले बेलिब्रिज राख्ने तयारी थालेको छ।
आइतबार बिहान आएको बाढीले पुलका तीन स्पानमध्ये एउटा भाग भाँचेर बगाएपछि उक्त क्षेत्रको सडक सम्पर्क विच्छेद भएको हो। पुल भत्किएसँगै आवतजावत प्रभावित बनेको छ।सडक सम्पर्क पुनः सञ्चालन गर्ने उद्देश्यले नेपाली सेनाले पुल रहेको स्थानमा बेलिब्रिज निर्माणको तयारी गरिरहेको छ। अहिले डोजरको सहायताले बाढीले थुपारेको लेदो पन्छाउने काम भइरहेको छ।
बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याइँदै छ। नेपाली सेनाको रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार निर्माण सामग्री आइपुगेपछि पुल जडानको काम सुरु गरिनेछ। सेनाको टोलीले आइतबार नै पुल रहेको क्षेत्रको निरीक्षण गरेको थियो।
यसैबीच, आरुघाट हुँदै माथिल्लो क्षेत्रतर्फ जाने सडकमा पनि बाढीले ल्याएको लेदो थुप्रिँदा सवारी सञ्चालनमा समस्या भएको छ। सडक डिभिजन कार्यालयले लेदो हटाएर सडक सञ्चालन सहज बनाउने तयारी गरिरहेको छ।
पुलमा बेलिब्रिज जडान र सडकमा थुप्रिएको लेदो हटाउने काम अघि बढेसँगै प्रभावित क्षेत्रको सडक सम्पर्क पुनःस्थापना हुने अपेक्षा गरिएको छ।
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ भावनामार्गस्थित एक घरमा श्रीमान् मृत र श्रीमती घ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!