भाँडा माझ्दै गर्दा करेन्ट लाग्यो, २८ वर्षीया शिक्षिकाको मृत्यु

भाँडा माझ्दै गर्दा करेन्ट लाग्यो, २८ वर्षीया शिक्षिकाको मृत्यु

धनगढी । कञ्चनपुरमा करेन्ट लागेर एक शिक्षिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका-४, बसपार्ककी २८ वर्षीया सन्तोशी अधिकारी बस्नेत रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिहीबार दिउँसो करिब साढे ३ बजे घरमा भाँडा धोइरहेका बेला बस्नेतलाई अचानक करेन्ट लागेको थियो।


करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बस्नेत महेन्द्रनगरमा शिक्षण पेसामा आबद्ध थिइन्। उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

कांग्रेस महामन्त्रीको मतगणनामा फेरियो समीकरण, उदयशमशेर दोस्रो स्थानमा
2 हप्ता अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा उदयशमशेर राणा दोस्रो स् ...

छुटाउनुभयो कि ?

TOP