चर्चामा
काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। गृहमन्त्री सुदन गुरुङका अनुसार हालसम्म ४७ जनाको उद्धार गरिएको छ भने प्रभावितका लागि तीन ट्रक राहत सामग्री पठाइसकिएको छ।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिएका हुन्। बाढीका कारण अवरुद्ध सडक तथा यातायात सेवा पुनः सञ्चालन गर्न बेलीब्रिज जडानलगायतका तयारी भइरहेको उनले बताएका छन्।
त्यस्तै, प्रभावित क्षेत्रका नागरिकलाई आवतजावतमा सहजता ल्याउन आरुघाटदेखि गोरखासम्म छिट्टै निःशुल्क सार्वजनिक बस सेवा सञ्चालन गर्ने तयारीसमेत भइरहेको मन्त्री गुरुङले उल्लेख गरेका छन्।
आइतबार बिहान आएको लेदोसहितको बाढीले गोरखाको चुमनुब्री क्षेत्रका विभिन्न बस्तीमा क्षति पुर्याउनुका साथै सडक तथा पुलमा समेत असर पारेको थियो। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण र यातायात सेवा सहज बनाउने प्रयास भइरहेको छ।
बाढीबाट भएको क्षतिको व्यवस्थापन तथा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायहरू परिचालित भइरहेका छन्।
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ भावनामार्गस्थित एक घरमा श्रीमान् मृत र श्रीमती घ ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!